१४ फाल्गुन २०८२ बिहीबार
image/svg+xml
समाज

झुम्का कारागारमा बन्दीको मृत्यु

सुनसरी झुम्का कारागारका एक बन्दीको बुधबार बिहान मृत्यु भएको छ। लागूऔषध मुद्दामा धरौटी बुझाउन नसकेर पुर्पक्षका लागि कारागार चलान भएका भोजपुर हतुवागढीका २८ वर्षे विकास राईको मृत्यु भएको हो।  

विकास मंगलबार रातिदेखि नै बिरामी थिए। बुधबार बिहानै कारागारकै स्वास्थ्य टोलीले स्वास्थ्य चेकजाँच गरेर थप उपचारका लागि बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान पठाएको थियो। त्यही उपचारका क्रममा मृत्यु भएको जेलर सुवास लामिछानेले बताए। उनका अनुसार विकासमा लागूऔषध सेवनकै कारण त्यसको असरले गर्दा बेलाबखत बिरामी हुने गर्थे। उनी २०८१ चैत २६ गतेदेखि झुम्का कारागारमा थिए।  

झुम्का कारागार पूर्वकै सबैभन्दा बढी क्षमताको भएकाले र वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचारको सहजताले गर्दा पहाडी जिल्लाका बिरामी कैदीबन्दी बढी मात्रमा झुम्का नै स्थानान्तरण गरिन्छ। जसले गर्दा यहाँ बग्रेल्ती बिरामी कैदीबन्दी छन्। यकिन संख्या नभए पनि तीन सय हाराहारी दीर्घ रोगी कैदीबन्दी छन्। अहिले झुम्का कारागारको ब्लक नं. ‘ए’ र ‘बि’ गरेर एक हजार सात सय ९८ जना छन्।

प्रकाशित: ४ भाद्र २०८२ १४:३१ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App