३ चैत्र २०८२ मंगलबार
image/svg+xml
समाज

ओली परिवारलाई समवेदन दिन राष्ट्रपति उपराष्ट्रपति गुण्डुमा

पितृशोकमा रहेका पूर्वप्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी शर्मा ओलीलाई भेट्न ओली निवास गुण्डु पुगेका छन् ।  

राष्ट्रपति रामचन्द्र पौडेल बिहान गुण्डु पुगेका थिए । त्यहाँ राष्ट्रपति पौडेलले स्वर्गीय ओलीप्रति श्रद्धाञ्जली अपर्ण गर्दै परिवारमा समवेदना प्रकट गरेका थिए ।  

राष्ट्रपति पौडेल र अध्यक्ष ओलीबीच केहीबेर भलाकुसारी पनि भएको थियो । दुवैले स्वर्गीय ओलीको स्मरण गरेका थिए ।  

आजै उपराष्ट्रपति रामसहाय प्रसाद यादव पनि गुण्डु पुगेका थिए । स्वर्गीय ओलीप्रति श्रद्धाञ्जली अर्पण गर्दै उपराष्ट्रपतिले पूर्वप्रधानमन्त्री ओलीको स्वास्थ्यबारे जानकारी लिएका थिए । 

राग्ट्रपति उपराष्ट्रपति दुवैले परिवार सदस्यको स्वास्थ्य अवस्थाका साथै सहजअसहज अवस्थाबारे जिज्ञासा राखेका थिए । 

प्रकाशित: ३ चैत्र २०८२ १४:१५ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App