५ चैत्र २०८२ बिहीबार
image/svg+xml
समाज

प्रदेश सरकारको कालोसूचीमा दुई निर्माण कम्पनी, चारमाथि कारबाहीको तयारी

कोशी प्रदेश भौतिक पूर्वाधार विकास मन्त्रालयले दुई निर्माण कम्पनीलाई कालोसूचीमा राखेको छ। 

कोशी प्रदेश सरकारका भौतिक पूर्वाधार विकास मन्त्री भूपेन्द्र राईका अनुसार समयमा निर्माण सम्पन्न नगर्ने दुईवटा निर्माण कम्पनीलाई कालोसूचीमा राखिएको र चारवटा निर्माण कम्पनीलाई कालोसूचीमा राख्न प्रक्रिया अघि बढाइएको हो।  

भौतिक पूर्वाधार विकास मन्त्रालय कोशी प्रदेशका अनुसार कालोसूचीमा राखिएका निर्माण कम्पनीहरूमा विशाल होम निर्माण सेवा उदयपुर गढी उदयपुर र सप्तकोसी जलाधार निर्माण कम्पनी नयाँ बानेश्वर काठमाडौं रहेका छन्। 

यस्तै कालोसूचीमा राख्न प्रक्रिया अघि बढाइएका कम्पनीहरूमा पीएण्डडी शेर्पा कन्स्ट्रक्सन प्रालि गोकर्णेश्वर काठमाडौं, बहुउद्देश्यीय कन्स्ट्रक्सन प्रालि कागेश्वरी मनोहरा–९ काठमाडौं, वल्डट्रेड कन्स्ट्रक्सन झापा र नागार्जुन नीलगिरी कन्स्ट्रक्सन जेभी रहेका छन्। 

पूर्वाधार निर्माणको ठेक्का लिने तर समयमा काम नगरेका कारण यी कम्पनीहरूलाई कालोसूचीमा राखेर कारबाही प्रक्रिया अघि बढाउन लागिएको भौतिक पूर्वाधार विकास मन्त्रालयले जनाएको छ।

प्रकाशित: १० श्रावण २०८२ १६:३९ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App