२२ श्रावण २०८३ शुक्रबार
image/svg+xml
समाज

कालीकोटबाट हेलिकप्टरमार्फत गर्भवतीको उद्धार

जिल्लाको पलाँता गाउँपालिकाकी एक गर्भवतीलाई नेपाली सेनाको हेलिकोप्टरमार्फत उद्धार गरिएको छ। शनिबार साँझ जिल्ल अस्पताल कालीकोट पुगाइएकी पलाँता गाउँपालिका–९ की २२ वर्षीया अप्सरा शाहीलाई थप उपचारका लागि सुर्खेतस्थित प्रदेश अस्पताल लगिएको हो।

जनस्वास्थ्य अधिकृत कटक महतका अनुसार गर्भमै रहेको शिशुको मृत्यृ भएको हुनसक्ने र अत्यधिक रक्तस्राव भई जटिल समस्या देखिएपछि उनलाई सुर्खेत रिफर गरेको हो। उनको महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयअन्तर्गत सञ्चालित राष्ट्रपति महिला उत्थान कार्यक्रममार्फत उद्धार गरिएको छ।

प्रकाशित: ६ वैशाख २०८३ ०९:३४ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App