२५ मंसिर २०८२ बिहीबार
image/svg+xml
समाज

एसियाली कुरासमा प्रशान्तलाई कांस्य

नेपालका प्रशान्त राईले दक्षिण कोरियामा जारी एसियन कुराश च्याम्पियनसिपमा कांस्य पदक जितेका छन् ।

दक्षिण कोरियाको चेओङ्जु सहरमा जारी प्रतियोगितामा शनिबार प्रशान्तले जुनियर ४२ केजीमुनि तौल समूहमा पदक जितेको नेपाल कुराश संघले जनाएको छ। प्रशान्त सेमिफाइनलमा उज्बेकिस्तानका खेलाडीसँग पराजित भएपछि कांस्य पदकमा नै सीमित भएका हुन्।  

एसियाली कुराश महासङ्घको आयोजनामा भएको प्रतियोगितामा प्रशान्तको तौल समूहमा भारत, तुर्कमेनिस्तान, मंगोलिया, चाइनिज ताइपेइ र कुवेतका खेलाडीले प्रतिस्पर्धा गरेका‌ थिए । अर्का नेपाली खेलाडी नामसाहाङ सामसोहाङ जुनियर ५२ केजीमा प्रतिस्पर्धा गरेका थिए । उनी पहिलो चरणको खेलमा नै पराजित हुन पुगे । एसियन कुराश च्याम्पियनसिपमा यो नेपालको दोस्रो पदक हो । 

यसअघि सन् २०१८ मा थाइल्यान्डमा सम्पन्न एसियन च्याम्पियनसिपमा  कृति शर्माले ५२ केजी मुनी तौल समूहमा कांस्य पदक जितेकी थिइन् । दक्षिण कोरियामा भएको च्याम्पियनसिपका दौरान कुराश संघका कार्यवाहक अध्यक्ष जीवन राईले एसियन कुराश कंग्रेसमा भाग लिएका छन् ।

प्रकाशित: १८ श्रावण २०८२ ११:३६ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App