२४ फाल्गुन २०८२ आइतबार
image/svg+xml
समाज

प्रहरीको काम स्याबासी भन्दा बढी गाली खाने खालको छ: आईजीपी थापा

नेपाल प्रहरीका महानिरीक्षक (आईजीपी) दिपक थापाले प्रहरी सेवा स्याबासीभन्दा बढी आलोचना खेप्नुपर्ने खालको रहेको बताएका छन्।

उनले प्रहरीसँग आम नागरिकको अपेक्षा धेरै हुने तर सबै काम प्रहरीको क्षेत्राधिकारभित्र नपर्दा कहिलेकाहीँ आलोचना हुने गरेको बताए।

बुधबार नागरिक न्युजको डिजिटल संवाद कार्यक्रम ‘नागरिक फ्रन्टलाइन’ मा नागरिक दैनिकका प्रधानसम्पादक गुणराज लुइँटेलसँग कुरा गर्दै महानिरीक्षक थापाले यस्तो बताएका हुन्।

‘वास्तवमा प्रहरीको सेवा नै कस्तो रहेछ भने अलि अपजस आउने, स्याबासी कम पाइने तर प्रहरी बढी खटिनुपर्ने नै रहेछ,’ उनले भने, ‘किनभन्दा यसमा अपेक्षा बढी हुन्छ प्रहरीसँग। त्यो अनुसार अलिकति ग्याप भएको हुनाले आलोचना हुन सक्छ।’

उनले प्रहरीले आफ्नो क्षेत्राधिकार बाहिर गएर पनि सेवाभावले काम गर्ने गरेको उदाहरण प्रस्तुत गरे।

महानिरीक्षक थापाले प्रहरी राज्यको झल्को दिने अंग भएको बताए। प्रहरीको निलो बर्दी देख्नासाथ आम नागरिकले राज्यको उपस्थिति, कानुन कार्यान्वयन र शान्ति सुरक्षाको अनुभूति गर्ने उनले बताए।

‘प्रहरी आयो भनेपछि, अपराध भएको छ भने त्यसलाई रोकथाम गर्छ, अनुसन्धान गर्छ भन्ने भरोसा आम नागरिकको छ। त्यो कारणले प्रहरी नागरिकसँग नजिक हुन्छ, समाजमै हुन्छ,’ उनले थपे।

प्रकाशित: ४ भाद्र २०८२ १९:२० बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App