२४ फाल्गुन २०८२ आइतबार
image/svg+xml
समाज

प्रहरीको ‘स्वीप अपरेशन’: भेटेजतिलाई लाठी चार्ज, प्रदर्शनकारी बिजुलीबजारसम्म लखेटिए

‘जेन-जी’ पुस्ताको प्रदर्शनमा १४ जनाको मृत्यु भएपछि उग्र बनेको काठमाडौंको नयाँ बानेश्वर क्षेत्रमा प्रहरीले प्रदर्शनकारीहरूमाथि व्यापक बल प्रयोग गर्दै उनीहरूलाई लखेट्न थालेको छ।

स्थानीय प्रशासनले जारी गरेको कर्फ्यू आदेश र निषेधित क्षेत्रमा देखिने जोकोहीलाई हटाउने निर्देशनपछि प्रहरी ‘स्वीप अपरेशन’ मा उत्रिएको हो।

सुरक्षाकर्मीहरूले प्रदर्शनकारीहरूलाई नयाँ बानेश्वर चोकबाट लखेट्दै बिजुलीबजारसम्म पुऱ्याएका छन्।  प्रहरीले निषेधित क्षेत्रमा भेटिने जोकोहीमाथि लाठी चार्ज गरिरहेको छ।

जिल्ला प्रशासन कार्यालय, काठमाडौंले कर्फ्यू आदेशको अवज्ञा गर्ने जो कोहीलाई हटाउन निर्देशन दिएपछि प्रहरी आक्रामक रूपमा प्रस्तुत भएको हो।

सोमबार बिहान शान्तिपूर्ण रूपमा सुरु भएको ‘जेन जी’ को प्रदर्शन प्रहरी दमनपछि हिंसात्मक बनेको थियो।

प्रहरीको गोली लागेर १४ जनाको मृत्यु र १५० भन्दा बढी घाइते भएपछि आक्रोशित प्रदर्शनकारीहरूले संसद् भवन लगायतका क्षेत्रमा आगजनी र तोडफोड गरेका थिए।

प्रकाशित: २३ भाद्र २०८२ १६:५८ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App