२८ फाल्गुन २०८२ बिहीबार
image/svg+xml
समाज

प्रहरीले माग्यो जेन–जी आन्दोलनमा भएका अराजक गतिविधिको फोटो र भिडिओ

नेपाल प्रहरीले जेन–जी आन्दोलनका क्रममा भएका अराजक गतिविधिबारेका फोटो र भिडिओ माग गरेको छ। घटनाको छानबिनका लागि प्रहरीले फोटो र भिडिओहरू मागेको हो। 

‘भदौ २३ र २४ गते काठमाडौं उपत्यका लगायत देशका विभिन्न स्थानहरूमा भएको विरोध प्रदर्शन तथा आन्दोलनका क्रममा घटेका विभिन्न अप्रिय घटना, आगजनी, लुटपाट, आम सर्वसाधारणमा त्रास सृजना हुने किसिमका अन्य विविध घटनाहरूसँग सम्बन्धित तस्बिर, भिडिओ तथा विभिन्न सामाजिक सञ्जालका लिंकहरू तपाइहरूसँग छ भने कृपया हामीलाई पठाई सहयोग गर्नुहुन अनुरोध गर्दछौँ,’ प्रहरीले भनेको छ। 

प्रहरीले सूचना दिनेको गोपनीयता कायम राख्ने पनि जनाएको छ। 

प्रकाशित: २७ भाद्र २०८२ १६:२५ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App