२ चैत्र २०८२ सोमबार
image/svg+xml
समाज

कपिलवस्तुमा दुई बालकको अपहरण, सुरक्षित उद्धार गरेको प्रहरी दाबी

कपिलवस्तुको बाणगंगा नगरपालिका वडा नम्बर ४ दरखास्तका दुई बालकलाई अपरिचित व्यक्तिले अपहरण गरेर लगेका छन्। 

आइतवार बिहान स्थानीय सम्राट मल्ल र सान्विक मल्ललाई मोटरसाइकलमा आएको अपरिचित व्यक्तिले अपहरण गरेर लगेको प्रत्यक्षदर्शीले बताएका छन्। मोटरसाइकलमा आएका अपरिचित व्यक्तिले दुई बालकलाई पूर्व-पश्चिम राजमार्गअन्तर्गत पश्चिमतर्फ लगेका हुन्।

घटनालगत्तै व्यापक प्रहरी परिचालन गरिएको प्रहरी नायब उपरीक्षक रिपेन्द्र कुमार सिंहले बताए। बालकहरू सम्पर्कमा आएको र सुरक्षित रहेको उनले बताए। घटनाको विस्तृत विवरण केही बेरमा जानकारी गराउने उनले बताए।

प्रकाशित: २ कार्तिक २०८२ १२:२७ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App