४ चैत्र २०८२ बुधबार
image/svg+xml
समाज

बालेनप्रति संकेत गर्दै हर्कले भने : संकटको बेलामा लुक्ने, सडकमा आउन नसक्ने डरपोक!

धरानका मेयर हर्क साम्पाङले काठमाडौंका मेयर बालेन शाहप्रति संकत गर्दै टिप्पणी गरेका छन्।

संकटको बेलामा लुक्ने र सडकमा आउन नसक्ने डरपोक भन्दै टिप्पणी गरेका हुन्। सामाजिक सञ्जालमा लेख्दै हर्कले भनेका छन्, 'संकटको बेलामा लुक्ने, सडकमा आउन नसक्ने डरपोक, आफूलाई जिम्मा लगाएको अभिमत अरूलाई दिइ पठाउने, असहज परिस्थितिको सामना गर्न नसक्ने, अरूले काँधमा बोकिदिवोस् भन्ने किसिमको मान्छेलाई नेतृत्व मानिरहेकै कारण देशले न निकास पायो न विकास!'

प्रकाशित: २६ भाद्र २०८२ १५:१७ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App