१८ फाल्गुन २०८२ सोमबार
image/svg+xml
समाज

सरस्वती डोजोद्वारा खेलाडी सम्मानित

नेपाल वादोरियो कराते डो संघ अन्तर्गत गोकर्णेश्वर–८ स्थित सरस्वती डोजोले शुक्रबार एक विशेष कार्यक्रमका बीच आफ्नो डोजोका उत्कृष्ट खेलाडीहरूलाई सम्मान गरेको छ।

श्रीलङ्कामा सम्पन्न ९औँ दक्षिण एशियाली कराते च्याम्पियनसिपमा स्वर्ण पदक विजेता खेलाडीहरूलाई डोजोले नगद १०–१० हजार सहित सम्मान गरेको हो। सरस्वती डोजोका खेलाडीहरू सुस्मिता वाईवा र टिकामाया जिम्मीले नेपालका लागि स्वर्ण पदक जितेका थिए। यसैगरी, एलन श्रेष्ठ र सुस्मिता वाईवाले तीन संस्करणमा लगातार स्वर्ण जित्दै ह्याट्रिक गरेका छन्।

डोजोले १५औँ राष्ट्रपति रनिङ शिल्डमा स्वर्ण पदक जित्न सफल टिकामाया जिम्मी, कास्य पदक विजेता मिलन मगर तथा प्रथम युथ च्याम्पियनसिपका स्वर्ण विजेता नोर्बु तामाङलाई हौसला स्वरूप खेल सामाग्री समेत प्रदान गरेको छ।

यस सँगै, जोरपाटी ओरालो स्थित फेसन डिजायर पसलले डोजोका राष्ट्रिय तथा अन्तर्राष्ट्रिय पदकधारी खेलाडीहरूलाई प्रोत्साहन स्वरूप ६ थान ट्र्याक सुट प्रायोजन गरी हस्तान्तरण गरेको डोजोले जानकारी दिएको छ।

सम्मानित खेलाडीहरूलाई पुरस्कार तथा हौसला स्वरूप विपी संग्रहालय सुन्दरीजलका संस्थापक अध्यक्ष परशुराम पोखरेल, वादोरियो करातेका वरिष्ठ प्रशिक्षक शुक्रबहादुर राई, फेसन डिजाएर जोरपाटीका संचालक जगन्ननाथ बराल, तथा डोजोका प्रमुख प्रशिक्षक पुरुषोत्तम पोखरेल लगायतले प्रदान गरेका थिए।

प्रकाशित: १३ मंसिर २०८२ ०७:४७ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App