१९ श्रावण २०८३ मंगलबार
image/svg+xml
समाज

कोशीमा रोपाइँ अन्तिम चरणमा

कोशी प्रदेशमा धान रोपाइँ अन्तिम चरणमा पुगेको छ। कृषि विकास निर्देशनालय कोशी प्रदेशले सोमबार सार्वजनिक गरेको विवरण अनुसार कोशी प्रदेशमा हालसम्म करिब ९४ प्रतिशत क्षेत्रफलमा रोपाइँ सम्पन्न भएको छ।  

निर्देशनालयको तथ्यांक अनुसार हालसम्म कोशी प्रदेशमा ९३.६९प्रतिशत रोपाइँ सम्पन्न भएको छ। जुन गत वर्ष यही समयको भन्दा करिब ५ प्रतिशत बढी हो। गत वर्ष साउन १८ गते सम्ममा ८९.०३ प्रतिशत मात्रै रोपाइँ सम्पन्न भएको थियो। निर्देशनालयका अनुसार कोशी प्रदेशको उच्च पहाडी जिल्लाहरूमा हालसम्म ८६.६२ प्रतिशत रोपाइँ  सम्पन्न भएको छ। यस्तै मध्यपहाडी जिल्लाहरूमा ९०.१८ र तराईका जिल्लाहरूमा ९५.४८ प्रतिशत क्षेत्रफलमा धान रोपाइँ भएको छ।  

कोशी प्रदेशमा सबै भन्दा बढी सोलुखुम्बुमा ९८.४५  प्रतिशत क्षेत्रफलमा धान रोपाइँ सम्पन्न भएको छ  भने सबै भन्दा थोरै धनकुटामा ७६  प्रतिशत क्षेत्रफलमा धान रोपाइँ भएको छ। कोशी प्रदेशको ताप्लेजुङमा ९१ प्रतिशत, संखुवासभामा ८२ प्रतिशत रोपाइँ भएको छ। यस्तै पाँचथरमा ८४, इलाममा ९०, भोजपुरमा ८९ प्रतिशत र  तेह्रथुममा ८८ प्रतिशत  क्षेत्रफलमा धान रोपाइँ भएको छ। यस्तै उदयपुरमा ९४.७५,ओखलढुंगामा ९६.८४, खोटाङमा ९५.२१ प्रतिशत क्षेत्रमा धान रोपाइँ भएको छ। तराईका जिल्लाहरू झापामा ९४.३३,मोरङमा ९५ र सुनसरीमा ९८ प्रतिशत क्षेत्रफलमा धान रोपाइँ भएको छ। 

कोशी प्रदेशमा २ लाख ७६ हजार ३ सय ८६.७२ प्रतिशत क्षेत्रफलमा धान रापाइँ हुने गरेको छ। जसमध्ये हालसम्म २ लाख ५८ हजार ९ सय ५०.१९ प्रतिशत क्षेत्रफलमा धान रोपाइँ सम्पन्न भएको छ। यो वर्ष समयमै पानी परेका कारण कोशी प्रदेशमा धान रोपाइँ गत वर्षको भन्दा बढी भएको निर्देशनालयले जनाएको छ।

प्रकाशित: १९ श्रावण २०८३ १३:५८ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App