१३ चैत्र २०८२ शुक्रबार
image/svg+xml
समाज

रविमाथि योजनाबद्ध प्रतिशोध साँधियो : निकिता पौडेल

सहकारी ठगी प्रकरणमा हिरासतमा रहेका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने धरौटीमा छुट्ने आदेशसँगै उनकी पत्नी निकिता पौडेलले नखाएको विष लागेको बताएकी छिन्।

रवि राजनीतिमा लागेकै कारण योजनाबद्ध प्रतिशोध साँधिएको निकिताको आरोप छ। रास्वपाप्रति बढेको जनविश्वासलाई कमजोर बनाउन र व्यक्तिगत दुःख दिने उद्देश्यले राज्य संयन्त्र लागेको बताएकी छिन्। उनले सामाजिक सञ्जालमा लेखेकी छिन्, ‘बढ्दो जनविश्वास कमजोर बनाउन र व्यक्तिगत दुःख–हैरानी दिन लेखिएको कथाको एक अध्याय आजको आदेशसँगै सकिएको छ। यो बीचमा हामीले के भोगेनौं ? उसले कालकोठरी भोग्यो, र मैले उसको अनुपस्थितिको गहिरो रिक्तता भोगें।’

रवि हिरासतमा रहँदा सामान्य मानिसले यो तहको पीडा खप्नै नसक्ने बताउँदै अदालतको आदेशलाई न्यायको रूपमा व्याख्या गर्दै आफूहरू न्यायिक बाटोबाटै हिँड्ने विश्वास व्यक्त गरेकी छिन्।

प्रकाशित: ४ पुस २०८२ १०:०७ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App