मतपेटिका तथा मतपत्र कब्जामा लिए एक लाख जरिवानादेखि दुई वर्षसम्म जेल वा दुवै सजाय हुनसक्ने निर्वाचन आयोगले जनाएको छ।
निर्वाचनमा प्रयोग गरिने वा प्रयोग गरिएको मतपत्र, मतपेटिका वा अन्य सामग्री खोस्न, लुट्न, चोर्न, कब्जामा लिन, खोल्न, नष्ट गर्न वा निर्वाचनमा प्रयोग हुन नदिन कुनै किसिमको रोकावट वा हस्तक्षेप नगर्न आयोगले सचेत गराएको हो।
'कसैले पनि निर्वाचनमा प्रयोग गरिने वा प्रयोग गरिएका मतपत्र, मतपेटिका वा अन्य सामग्री खोसन, लुट्न, चोर्न, कब्जामा लिन, खोल्न, नष्ट गर्न वा निर्वाचनमा प्रयोग हुन नदिन कुनै किसिमको रोकावट वा हस्तक्षेप गर्न वा गराउन हुँदैन' आयोगले जारी गरेको सन्देशमा उल्लेख गरिएको छ।
प्रकाशित: १९ फाल्गुन २०८२ १२:२७ मंगलबार





