१३ चैत्र २०८२ शुक्रबार
image/svg+xml
समाज

बस अनियन्त्रित हुँदा पैदलयात्रीको मृत्यु

कपिलवस्तुको शिवराज नगरपालिका–१, बनकसबास राजमार्गमा बिहीबार बिहान सवारी दुर्घटना हुँदा एक जना पैदलयात्रीको मृत्यु भएको छ भने बसमा सवार पाँच जना सामान्य घाइते भएका छन्।      

वडा प्रहरी कार्यालय चन्द्रौटाका अनुसार गए राति करिब २ बजे काठमाडौंबाट धनगढीतर्फ जाँदै गरेको बा प्र ०१–००६ ख ८५ ०६ नम्बरको बस अनियन्त्रित भई सडकमा पल्टिएको थियो।

पैदलयात्रीले बाटो काट्ने क्रममा बस अनियन्त्रित भएको र घटना स्थलमै उनको मृत्यु भएको प्रहरीले जनाएको छ।  मृतकको नाम र ठेगाना खुल्न बाँकी रहेको छ।

बसमा सवार पाँच जना यात्रु सामान्य घाइते भएको र चन्द्रौटास्थित सञ्जीवनी सामुदायिक अस्पतालमा उपचारपछि घर फर्किएको वडा प्रहरी कार्यालय चन्द्रौटाका प्रमुख सन्तोष घिमिरेले जानकारी दिए।

प्रकाशित: १३ कार्तिक २०८२ ०७:५४ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App