काठमाडौं महानगरपालिका-२६ ठमेलमा ट्रकको ठक्करबाट पैदलयात्रुको मृत्यु भएको छ ।
मंगलबार ठमेल पक्नाजोलस्थित सडकमा बा३क २३३९ नम्बरको ट्रकको ठक्करबाट पैदलयात्री ठमेलमा डेरा गरी बस्ने बारा निजगढ नगरपालिका-१३ का ४० वर्षीय किरण घलानको मृत्यु भएको प्रहरीले जनाएको छ।
ठक्करबाट गम्भीर घाइते भएका घलानको राष्ट्रिय ट्रमा सेन्टरमा उपचारका क्रममा मृत्यु भएको प्रहरी प्रधान कार्यालयले जनाएको छ। ट्रक चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ।
प्रकाशित: १५ वैशाख २०८३ १७:०७ मंगलबार





