गैँडाकोट नगरपालिका–८ स्थित सङ्गम मार्गमा स्कुटरको ठक्करबाट एक पैदलयात्रीको मृत्यु भएको छ।
प्रदेश ३–०२–०१४ प १४४३ नम्बरको स्कुटरले गए राति ठक्कर दिँदा स्थानीय ५० वर्षीय लखन तामाङ गम्भीर घाइते भएका थिए। घाइते तामाङलाई उपचारका लागि कलेज अफ मेडिकल साइन्सेस शिक्षण अस्पताल, भरतपुर लगिएको थियो। उपचारकै क्रममा आज बिहान उनको मृत्यु भएको प्रहरीले जनाएको छ।
जिल्ला प्रहरी कार्यालय नवलपरासी (बर्दघाट–सुस्तापूर्व) का सूचना अधिकारी एवं प्रहरी नायब उपरीक्षक अनिल पण्डितका अनुसार दुर्घटनामा संलग्न स्कुटर चालक गैँडाकोट–८ करङ्घारीका २६ वर्षीय प्रविन थापा मगरलाई प्रहरीले नियन्त्रणमा लिई आवश्यक अनुसन्धान अघि बढाएको छ।
प्रकाशित: ३ फाल्गुन २०८२ १२:३९ आइतबार





