२८ फाल्गुन २०८२ बिहीबार
image/svg+xml
राजनीति

जेन–जी छानवीन आयोगको प्रतिवेदन तुरुन्त सार्वजनिक गर्न सर्वेन्द्र खनालको माग

सम्मुनत पार्टी नेपालका सभापति सर्वेन्द्र खनालले जेनजी छानवीन आयोगको प्रतिवेदन तुरुन्तै सरकारलाई बुझाएर सार्वजनिक गर्न माग गरेका छन्। उनले जेनजी आन्दोलनको औचित्य स्थापित गर्न र दोषीमाथि कानुनी कारवाहीको सिफारिस गर्न बनेको उच्च स्तरीय छानवीन आयोगको म्याद थप गरेर अल्मल्याउन खोजेको भन्दै प्रतिवेदन सार्वजनिक गर्न माग गरेका हुन्। नागरिकन्यूजसँग कुराकानी गदै अध्यक्ष खनालले आयोगले समयमा प्रतिवेदन नबुझाउदा जेनजी आन्दोलनको औचित्य समाप्त हुने टिप्पणी समेत गरेका छन्।

 ‘जेनजी आन्दोलन कुन कुन उदेश्यका लागि भयो, यसको उपलब्धी के हो रु जेनजी पुस्ताले खोजेको एक निर्वाचन मात्रै हो? वा २०८४ मा हुनुपर्ने निर्वाचन २०८२ सार्न खोजेका हुन त रु जेनजी आन्दोलनको उदेश्य निर्वाचन गराउन मात्र होइन भन्ने तथ्यलाई यो सरकारले बुझ्न सकेन’, अध्यक्ष खनालले भने।  

उनका अनुसार भदौ २३ र २४ को घट्नामा संलग्नहरु चुनावी मैदान रहेको छन्। जेनजी आन्दोलन दबाउने र विध्वंस गर्ने दुवै चुनावी मैदानमा छन् । उनीहरु दुवै पक्ष दोषी हुन, आयोगको प्रतिवेदनमा दोषी देखिने भएपछि सरकारले दोषीहरुलाई जोगाउन खोजेको छ, आयोग त्यसमा सहयोगी बनेको छ, आयोगले सरकारलाई तुरुन्तै प्रतिवेदन बुझाओस र प्रतिवेदन सार्वजनिक गरी चुनावमा उम्मेदवार रहेका दोषीहरुलाई कारवाही गरोस अन्यथा निर्वाचनको अर्थ छैन’, खनालले भने। 

उनले निर्वाचन नभई सर्वपक्षीय सरकार गठनको पनि माग गरेका छन्। भदौ २३ र २४ को घट्नामा संलग्नहरु नै अब बन्ने सरकार र संसदमा जाने भएकाले जेनजी छानवीन आयोगको प्रतिवेदन कार्यान्वयन नहुने उनको भनाई छ। ‘दोष बोकेकाहरु अबको संसदमा जानेछन,उनीहरु आफूले आफैलाई कारवाहीको सिफारिस गर्छत त ’, सभापति खनालले प्रश्न गरे।  

पूर्व आइजीपी समेत रहेका खनाल  समुन्नत नेपाल पार्टी नेपालको तर्फबाट बारा जिल्ला क्षेत्र नम्बर ४ मा उम्मेदार बनेका छन्। इमान्दारिता, अनुशासन र स्पष्ट दृष्टिकोणका कारण यो पार्टीप्रति जनविश्वास निरन्तर बढिरहेको छ सभापति खनालको दावी छ। 

प्रकाशित: ४ फाल्गुन २०८२ ०७:४१ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App