१४ चैत्र २०८२ शनिबार
image/svg+xml
समाज

गल्छीमा बोलेरोले ठक्कर दिँदा पैदलयात्रीको मृत्यु

पृथ्वी राजमार्गअन्तर्गत धादिङको गल्छी गाउँपालिका–४ मास्टारमा आइतबार साँझ बोलेरो जिपको ठक्करबाट पैदलयात्रीको मृत्यु भएको छ।

काठमाडौंबाट गजुरीतर्फ आउँदै गरेको बा.प्र. ०१–०२७ च. ०३४० नम्बरको बोलेरोको ठक्करबाट सडक छेउमा हिँडिरहेका गल्छी–४ मास्टारका ७० वर्षीय यज्ञराज अधिकारीको मृत्यु भएको हो।

ठक्करबाट गम्भीर घाइते भएका अधिकारीलाई उपचारका लागि प्राथमिक स्वास्थ्य केन्द्र गजुरी पठाइएको थियो। तर चिकित्सकले उनलाई मृत घोषणा गरेको जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक भेषराज रिजालले जानकारी दिए।

घटनापछि स्थानीयवासीले केहीबेर सडक अवरुद्ध गरेका थिए। ठक्कर दिने बोलेरोका चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ।

प्रकाशित: २४ कार्तिक २०८२ ०७:१७ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App