जेन-जी आन्दोलनको क्रममा शहीद भएकाको सम्झनामा बुधबार राजधानीमा मैनबती बालेर श्रद्धाञ्जली अपर्ण गरिएको छ ।
नेपालमा दिगो शान्तिका लागि अन्तरधार्मिक सञ्जाल नेपाल (निरन नेपाल) ले जेन-जी आन्दोलनको क्रममा शहीद भएका ७२ जना शहीदको सम्झनास्वरुप श्रद्धाञ्जली सभा गरेको हो ।
श्रञ्दाञ्जली सभामा विभिन्न १० धर्मसँग सम्बन्धित धर्मावलम्वीको उपस्थिति थियो । कार्यक्रममा विभिन्न धर्मका धर्मावलम्वीहरुले आआफनो शैलीमा श्रद्धाञ्जली अर्पण गरेका थिए ।
प्रकाशित: १ आश्विन २०८२ २१:४५ बुधबार





