१ चैत्र २०८२ आइतबार
image/svg+xml
समाज

पतञ्जलि भ्रष्टाचार प्रकरण: योगपीठ प्रमुखसँग विशेष अदालतले माग्यो ३५ लाख धरौटी

विशेष अदालतले पतञ्जलि योगपीठका नेपाल प्रमुख शालिग्राम सिंहसँग ३५ लाख रुपैयाँ धरौटी माग गरेको छ। 

पतञ्जलि योगपीठलाई हदबन्दीभन्दा बढीको जग्गा राख्न छुट दिने निर्णय गरेको सम्बन्धमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले दायर गरेको मुद्दामा सिंहलाई यो धरौटी रकम मागिएको हो। 

पतञ्जलि भ्रष्टाचार प्रकरणमा आइतबार विशेष अदालतमा उपस्थित भएका शालिग्रामसँग ३५ लाख रुपैयाँ नै धरौटी मागिएको हो। यसअघि पूर्वप्रधानमन्त्री माधव नेपालसँग पनि ३५ लाख धरौटी मागिएको थियो। 

विशेष अदालतका अध्यक्ष टेकनारायण कुँवर तथा सदस्यद्वय मुरारीबाबु श्रेष्ठ र रितेन्द्र थापाको इजलासले यो धरौटी माग गरेको हो।

प्रकाशित: १८ श्रावण २०८२ १९:०९ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App