१६ श्रावण २०८३ शनिबार
image/svg+xml
समाज

सार्वजनिक बिदामा पनि राहदानी सेवा सञ्चालन

सेवाग्राहीको बढ्दो चापलाई व्यवस्थापन गर्न राहदानी विभागले दुई ‘सिफ्ट’ का साथै बिदाका दिन पनि सेवा सञ्चालन गरेको छ। त्रिपुरेश्वरथित विभागमा आज शनिबार पनि सेवा प्रवाह भइरहेको जनाइएको छ। 

विभागमा यही साउन १४ गते देखि दुई सिफ्टमा सेवा दिँदै दैनिक एक हजार ५०० आवेदन फाराम खुलाइएको छ। कोरियाको रोजगार अनुमति प्रणाली (इपिएस) का लागि आवेदन दिएका नेपाली सेवाग्राहीलाई सहजता प्रदान गर्न विभागले विद्युतीय राहदानीसम्बन्धी सेवा साउन १४ गतेदेखि २२ गतेसम्म दुई सिफ्टमा सञ्चालन गरिएको विभागले जनाएको छ। 

सो अवधिमा पहिलो सिफ्ट बिहान ७ः०० बजेदेखि दिउँसो २ः०० बजेसम्म र दोस्रो सिफ्ट दिउँसो २ः०० बजेदेखि बेलुकी ९ः०० बजेसम्म सञ्चालन हुनेछ। सार्वजनिक बिदाका दिन शनिबार र आइतबारसमेत बिहान १०ः०० बजेदेखि बेलुकी ४ः०० बजेसम्म विभागबाट सेवा प्रवाह हुनेछ।  

प्रकाशित: १६ श्रावण २०८३ १५:१२ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App