१४ चैत्र २०८२ शनिबार
image/svg+xml
समाज

राहदानी संकट टर्‍यो, सात लाख नयाँ पुस्तिका आउँदै

राहदानी विभागले फ्रान्सेली कम्पनीसँग सात लाख नयाँ राहदानी पुस्तिका खरिद सम्झौता गरेको छ। विभागका अनुसार अबको तीन हप्ताभित्र पहिलो लट आइपुग्ने र क्रमशः आपूर्ति सुचारु हुने भएकोले लामो समयदेखिको अभाव टरेको छ।

विभागले अभावका कारण घटाएको दैनिक स्लट संख्या अब पूरै खुला गरेको उल्लेख गरेको छ। सेवाग्राहीको मागअनुसार स्लट क्रमशः बढाइने र कर्मचारीलाई अतिरिक्त समय खटाएर छिटो सेवा दिने व्यवस्था मिलाइएको दाबी विभागको छ।

सूचनामा विदेशस्थित नियोगबाट आवेदन दिएकाको राहदानी एक-दुई हप्तामै छपाई हुने र जिल्ला प्रशासनबाट कार्तिक १५ सम्म आवेदन दिएकाको दुई हप्ताभित्रै पठाइने उल्लेख छ। त्यसपछिका आवेदन पनि पुरानै गतिमा हुने छन्।

प्रकाशित: ६ मंसिर २०८२ ०९:३८ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App