८ चैत्र २०८२ आइतबार
image/svg+xml
समाज

भैरहवामा अलपत्र यात्रुलाई चार्टर्ड उडानमार्फत आज काठमाडौं ल्याइने

रुपन्देहीको भैरहवामा अलपत्र यात्रुलाई चार्टर्ड उडानमार्फत काठमाडौं ल्याइने भएको छ। प्रधानमन्त्री सुशीला कार्कीको विशेष पहल र मुख्यसचिव एकनारायण अर्यालको समन्वयमा नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स) को विमानमार्फत भैरहवा आसपासमा अलपत्र परेका यात्रुहरूलाई काठमाडौं ल्याइन लागेको प्रधानमन्त्रीका प्रमुख स्वकीय सचिव आदर्श श्रेष्ठले जानकारी दिए।

दुई दिनसम्मको अविरल वर्षापछि भैरहवा आसपासमा अलपत्र परेका यात्रुलाई चार्टर्ड विमानमार्फत काठमाडौं ल्याइने भएको हो।

वायुसेवा निगमले पनि आइतबार प्रेस विज्ञप्ति जारी गरी सरकारको विशेष निर्देशनबमोजिम असोज २० गते उद्धार उडान गरिने जनाएको थियो। ‘ए’ ३२० विमानमार्फत  काठमाडौं–भैरहवा–काठमाडौं उडान हनेछ। ‘आरए’ १७३१ उडानमार्फत दिउँसो १ बजे भैरहवा जाने र उताबाट ‘आरए’ १७३२ उडानमार्फत दिउँसो २ः४५ बजे काठमाडौं फर्किने निगमले जनाएको छ। त्यसका लागि काठमाडौंबाट रु पाँच हजार र भैरहवाबाट रु सात हजार तोकिएको छ।

उद्धार उडानमा अशक्त ज्येष्ठ नागरिक, बिरामी तथा अत्यावश्यक यात्रुलाई विशेष प्राथमिकता दिइने जनाइएको छ। अनलाइन प्रणाली र निगमको कार्यालय वा आधिकारिक एजेन्सीमार्फत टिकट लिन सकिने निगमले जनाएको छ।

प्रकाशित: २० आश्विन २०८२ ०८:२१ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App