२७ फाल्गुन २०८२ बुधबार
image/svg+xml
समाज

पारस खड्काको आह्वान: शान्त रहौँ, देश सुधार्न योगदान गरौँ

नेपाल क्रिकेट संघका सचिव तथा पूर्वकप्तान पारस खड्काले देशको वर्तमान परिस्थितिमा शान्त रहन र देश सुधारको प्रक्रियामा योगदान गर्न सबैलाई आह्वान गरेका छन्। मंगलबार सामाजिक सञ्जाल एक्समार्फत उनले देशको भविष्य निर्माणको जिम्मेवारी वर्तमान पुस्ताकै काँधमा रहेको बताएका हुन्।

‘जे भए पनि भोलिदेखि जे हुन्छ, हामी यो देशलाई सुधार गर्ने प्रक्रियामा जे जसरी सक्दछौँ त्यसरी योगदान गर्न उपस्थित रहने प्रतिबद्धता गरौँ,’ खड्काले लेखे। उनले यो प्रक्रिया सजिलो नहुने तर अनिवार्य रहेको उल्लेख गर्दै भने, ‘हाम्रो पुस्ताले नै हाम्रो भविष्यको निर्माण गर्नुपर्ने छ।’

उनले अहिलेको परिस्थितिलाई सेना र सुरक्षा निकायलाई सम्हाल्न दिन आग्रह गरेका छन्। ‘उनीहरू हामीलाई संरक्षण गर्न यहाँ रहेका छन्,’ उनले थप लेखे, ‘अब हाम्रो जिम्मेवारी सही व्यक्तिहरूलाई पहिचान गरी राष्ट्रलाई अगाडि बढाउने नेतृत्व दिलाउनु हो।’

प्रकाशित: २५ भाद्र २०८२ ०९:१२ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App