२१ कार्तिक २०८२ शुक्रबार
image/svg+xml
समाज

प्याङबासीको आक्रोश: जनताले आवाज नउठाएसम्म राज्यले कामै नगर्ने हो ?

बाढी पहिरोले ठूलो क्षति गर्दा पनि विपद्पछिको व्यवस्थापनमा स्थानीय सरकारले तदारुकता नदेखाएको भन्दै इलामको माइजोगमाइस्थित प्याङका स्थानीय आक्रोशित भएका छन् ।  

उनीहरूले पालिकाको कार्यालयमा पुगेर यस्तो विषम परिस्थितिमा स्थानीय सरकार के गरिरहेको छ भन्दै प्रश्न गरे । भत्किएका घरबाट स्थानीय आफैँ जुटेर मानिस तथा पशुपंक्षीको उद्धार गरेको, उद्धारका काममा स्थानीय जुटेपनि पालिकाले गर्ने काममा किन मौन बसेको भन्दै खबरदारी गरेका छन् ।  

सामुहिक रुपमा कार्यालय परिसर पुगेका उनीहरूले आफूहरूले आवाज नउठाइ, ठूलो स्वरले नकराइ पालिकाले कामै नगर्ने भन्ने छ भन्दै प्रश्न गरेका छन् ।  

विपद्को यो घडीमा मल्हम लगाउँदै दैनिकी सामान्यतर्फ उन्मुख बनाउन सरकारको भूमिका आवश्यक रहेको उनीहरूको भनाइ । बाढी पहिरोले सडक र पुल बगाएपछि सडक सम्पर्क टुटेको प्याङमा बिजुली नहुँदा सम्पर्क पनि टुट्न थालेको छ ।  

स्थानीय सरकारले सडक तथा पुलको निर्माणमा ताकेता गरेर काम अघि बढाउनुपर्ने माग स्थानीयको छ ।

प्रकाशित: २२ आश्विन २०८२ १५:२४ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App