२१ फाल्गुन २०८२ बिहीबार
image/svg+xml
समाज

इलामका बाढीपीडितलाई पाकिस्तानी दूतावासको राहत

नेपालका लागि पाकिस्तानी दूतावासले ‘नेपाल–पाकिस्तान युवा परिषद्’सँगको सहकार्यमा इलामका बाढी प्रभावित परिवारलाई राहत सामग्री उपलब्ध गराएको छ।

नेपालका लागि पाकिस्तानी राजदूत अब्रार एच हाशमीसहितले इलामको माङसेबुङ र फाकफोकथुम नगरपालिकाका बाढी प्रभावित परिवारलाई राहत सामग्री वितरण गरेका छन्। माङसेबुङ गाउँपालिकाको गजुरमुखी धाम पुगेर उनले प्रभावित परिवारलाई सामग्री हस्तान्तरण गरेका हुन्। गत असोज १७ र १८ गतेको अविरल वर्षाका कारण इलाममा पहिरो जाँदा ३७ जनाको मृत्यु भएको थियो।

इलामका प्रमुख जिल्ला अधिकारीसहित स्थानीय तहका कार्यक्रममा राजदूत हाशमीले प्रभावित परिवारप्रति सहानुभूति र ऐक्यबद्धता व्यक्त गर्दै दुई देशबीचको मित्रता र सहयोगलाई बढाउन जोड दिए।

यसअघि, राजदूत हाशमीले कोशी प्रदेशका आन्तरिक मामिला तथा कानुनमन्त्री रेवतीरमण भण्डारीलाई विराटनगरमा भेट गरी विपद्का समयमा ऐक्यबद्धता व्यक्त गरेका थिए।

प्रकाशित: ४ कार्तिक २०८२ १३:३५ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App