१६ श्रावण २०८३ शनिबार
image/svg+xml
समाज

मधेसका अधिकांश जिल्लामा धान रोपाइँ अन्तिम चरणमा

फाइल तस्बिर

मधेस प्रदेशमा हालसम्म ७८ दशमलव ५९ प्रतिशत रोपाइँ भएको छ। यो तीन लाख हेक्टरभन्दा बढी क्षेत्रमा भएको रोपाइँ हो।

मधेस प्रदेश कृषि विकास निर्देशनालयका अनुसार साउन ७ गतेसम्म प्रदेशको तीन लाख ५८० हेक्टरमा धान रोपाइँ भएको हो। सबैभन्दा बढी सिरहामा ९४ प्रतिशत र सबैभन्दा कम महोत्तरीमा ५५ रोपाइँ भएको छ। यस वर्ष पर्याप्त वर्षा भएकाले उत्साहका साथ किसान रोपाइँमा जुटेका छन्।

किसानले यस वर्ष उन्नत जातका धानका बिउ प्रयोग गर्नुका साथै रासायनिक र प्राङ्गारिक मलको व्यवस्थापनमा पनि ध्यान दिएको निर्देशनालयका बागवानी विकास अधिकृत किरण विश्वकर्माले राससलाई बताए। यसैबीच, केही स्थानमा सिँचाइ पूर्वाधार र मलको अभाव भएको गुनासो किसानले गरेका छन्। रासस

प्रकाशित: ८ श्रावण २०८३ ०९:१२ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App