१४ चैत्र २०८२ शनिबार
image/svg+xml
समाज

बालविवाहलाई घटाउन टीकापुरमा ‘हाम्री छोरी, प्यारी छोरी’ कार्यक्रम

टीकापुर नगरपालिकाले कार्यान्वयनमा ल्याएको  ‘हाम्री छोरी, प्यारी छोरी’ कार्यक्रम प्रभावकारी बन्दै गएको छ। बालविवाहलाई न्यूनीकरणका लागि नगरपालिकाले आर्थिक वर्ष २०७६÷७७ देखि सो कार्यक्रम थालनी गरेको थियो।    

बीस वर्षभन्दा अगाडि कुनै छोरीले विवाह गर्न नपरोस् भन्दै सुरु गरेको उक्त कार्यक्रममा हालसम्म एक हजार ४८१ छोरी आवद्ध भएका छन् । उनीहरूका नाममा नगरपालिकाले बैंकका खाता सञ्चालन गराएर वार्षिक दरले रकम जम्मा गर्दै आएको छ। उक्त रकम २० वर्ष पूरा भएपछि मात्रै भुक्तानी गर्न पाइनेछ। वार्षिक एक हजारका दरले नगरपालिकाले छोरीका नाममा सञ्चालन भएको खातामा एक हजार जम्मा गर्दै आएको छ।

जन्मदर्ताका आधारमा आव २०७६÷७७ भन्दा पछि जन्मेका छोरीको बैंक खाता नगरपालिकाले खोलिदिने गरेको छ । टीकापुर –६ का वडाध्यक्ष बलीराम चौधरीले भने ‘अहिले छोरी जन्मेपछि अभिभावक उत्साहका साथ छोरीको खाता खोल्न सिफारिस लिन आउनुहुन्छ। कार्यक्रमले बालविवाह न्यूनीकरणमा केही वर्षपछि महत्त्वपूर्ण सहयोग पुग्ने विश्वास हामीले गरेका छौँ।’

प्रकाशित: २ मंसिर २०८२ ०८:५३ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App