२४ घण्टामा विपद्जन्य घटनामा परेर एक जनाको मृत्यु भएको छ । अरु दुई जना घाइते भएका छन् ।
गत २४ घण्टामा सगरमाथा बेसक्याम्प पुगेकी बेलायती नागरिकको लेक लागेर मृत्यु भएको हो ।
लेक लागेपछि उपचारको लागि अस्पताल लगिएकी बेलायती ६२ वर्षिया महिलाको उपचारको क्रममा मृत्यु भएको राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले जनाएको छ ।
प्रकाशित: २९ चैत्र २०८२ १३:५६ आइतबार





