१ भाद्र २०८३ सोमबार
image/svg+xml
समाज

सप्तरीमा करेन्ट लागेर एक जनाको मृत्यु

सप्तरीको खडक नगरपालिकामा करेन्ट लागेर एक जनाको मृत्यु भएको छ।

खडक नगरपालिका-८ बिसनपुर चौधरी टोल बस्ने ४७ वर्षीय सातैन चौधरीको करेन्ट लागेर ज्यान गएको हो।

आइतबार दिउँसो आफ्नै घरमा रहेको विद्युतको बोर्ड बनाउने क्रममा उनलाई अचानक करेन्ट लागेको प्रहरीले जनाएको छ।

घटनाका सम्बन्धमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ।

प्रकाशित: १ भाद्र २०८३ २०:५४ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App