सप्तरीको विष्णुपुर गाउँपालिका-३ मुसहर्नियामा करेन्ट लागेर एक जनाको मृत्यु भएको छ। स्थानीय ४० वर्षीय दिलिप कुमार मण्डलको आइतबार बिहान करेन्ट लागेर ज्यान गएको हो।
जिल्ला प्रहरी कार्यालय, सप्तरीका अनुसार, मण्डलले बगमई खोलाबाट आफ्नो तरकारी बारीमा सिँचाइ गर्नका लागि विद्युतीय मोटर जडान गर्ने क्रममा करेन्ट लागेको थियो।
करेन्ट लागेर गम्भीर घाइते भएका उनको छिन्नमस्ता अस्पताल, राजविराजमा उपचारका क्रममा मृत्यु भएको हो।
घटनाको सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ।
प्रकाशित: २ कार्तिक २०८२ १८:२९ आइतबार





