रौतहटमा मोटरसाइकल दुर्घटना हुँदा एक युवकको ज्यान गएको छ। बुधबार साँझ साढे ७ बजेतिर रौतहटको गुजरा नगरपालिका ५ हरिहरपुरस्थित भित्री सडकखण्डमा बाख्रालाई ठक्कर दिएर भएको मोटरसाइकल दुर्घटनामा चन्द्रपुर ५ का २४ वर्षीय दिपेश चौधरीको ज्यान गएको हो।
कनकपुरबाट हरिहरपुरतर्फ जाँदै गरेको बा ९३ प ७५८८ नम्बरको मोटरसाइकलले बाख्रालाई ठक्कर दिँदा दुर्घटना स्थलमै बाख्राको ज्यान गएको थियो।
मोटरसाइकलमा सवार चन्द्रपुर नगरपालिका ५ का २३ वर्षीय आमोद चौधरी र पछाडि सवार २४ वर्षीय दिपेश चौधरी गम्भीर घाइते भएका थिए। घाइते दुवैलाई उपचारका लागि चन्द्रपुर अस्पतालमा पुर्याएपछि चिकित्सकले दिपेश चौधरीलाई मृत्य घोषणा गरेको प्रहरीले जनाएको छ।
मोटरसाइकलका चालक घाइते आमोद चौधरीको उपचार भइरहेको प्रहरीले जनाएको छ। मृतक चौधरीको शव पोस्टमार्टमका लागि सरकारी अस्पतालमा राखिएको छ।
घटनाको विषयमा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
प्रकाशित: ११ असार २०८३ ०७:३० बिहीबार


-600x400.jpg)

-600x400.jpg)
