काठमाडौंको गोकर्णेश्वरमा मोटरसाइकल चिप्लिएर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ।
गोकर्णेश्वर नगरपालिका–९ आरुबारीस्थित राम मन्दिर नजिक सडकमा मोटरसाइकल चिप्लिएर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने एक जना गम्भीर घाइते भएका छन्।
आइतबार राति रौतहट घर भई हाल काठमाडौं महानगरपालिका–६ तिनचुली बस्ने १८ वर्षीय मोहन ठाकुरले चलाएको बा ९० प ३३२५ नम्बरको मोटरसाइकल सडकमा चिप्लिएर दुर्घटना भएको थियो।
दुर्घटनामा मोटरसाइकल चालक मोहन ठाकुर गम्भीर घाइते भएका छन् भने पछाडि सवार भारत घर भई हाल काठमाडौं महानगरपालिका–६, तिनचुली बस्ने १६ वर्षीय महमद जसिमको मृत्यु भएको प्रहरीले जनाएको छ।
महमद जसिमलाई नेपाल मेडिकल कलेज अत्तरखेल पुर्याउँदा चिकित्सकले बाटोमै मृत्यु भएको पुष्टि गरेका थिए।
घाइते चालक ठाकुरको नेपाल मेडिकल कलेजमा उपचार भइरहेकोमा थप उपचारका लागि त्रिवि शिक्षण अस्पताल पठाइएको प्रहरीले जनाएको छ।
प्रकाशित: २ कार्तिक २०८३ ०८:२० सोमबार





