३ कार्तिक २०८३ मंगलबार
image/svg+xml
समाज

भोटेकोशी बाढी प्रभावित ४९ परिवारलाई राहत विरतण

पातारासी गाउँपालिकाले रसुवाको भोटेकोशी नदीमा आएको बाढीबाट पीडित यहाँका ४९ घरपरिवारलाई राहत वितरण गरेको छ। रोजगारीको सिलसिलामा रसुवा पुगेका पातारासीका ४९ जना बाढीमा बेपत्ता भएका थिए।  

गाउँपालिकाले बाढीपीडित प्रतिपरिवारलाई रु ३० हजारका दरले रकम वितरण गरेको हो। गाउँपालिकाका अनुसार वर्ल्ड भिजन इन्टरनेशनल नेपालको आर्थिक सहयोग र किर्डाक नेपालको साझेदारीमा परियोजनाअन्तर्गत कुल रु १४ लाख ७० हजार सहयोग गरिएको गाउँपालिकाका अध्यक्ष पूर्णसिंह बोहोराले जानकारी दिए।  

यसैगरी गैरआवासीय नेपाली संघ (एनआरएनए), ग्रेट हिमालयज नेपलिज रेस्टुरेन्ट साउथपोर्ट, यूके) तथा लिभरपुल नेपाली समाजको संयुक्त रुपमा रु पाँच लाख बराबरको राहत सामग्री प्राप्त भएको गाउँपालिकाले जनाएको छ।

प्रकाशित: २ कार्तिक २०८३ ०८:०६ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App