१८ चैत्र २०८२ बुधबार
image/svg+xml
समाज

चट्याङ लागेर एक जनाको मृत्यु

चट्याङ लागेर हेटौंडा उपमहानगरपालिका–१५ कमेरोपानीमा एक जनाको मृत्यु भएको छ। मकवानपुर जिल्ला प्रहरी कार्यालयका प्रवक्ता श्यामु अर्यालका अनुसार चट्याङ लागेर हेटौंडा उपमहानगरपालिका–१६ सानो आकाशधाराका ३७ वर्षीय बुद्धबहादुर प्रजाको घटना स्थलमा नै मृत्यु भएको हो।

स्थानीय धनबहादुर स्याङतानले सञ्चालन गरेको किराना पसलमा दैनिक उपभोगका सामान खरिद गर्न गएका बेला चट्याङ लागेर निजको मृत्यु भएको हो। शव परीक्षणका लागि हेटौंडा अस्पताल पुर्याइएको छ।

प्रकाशित: २१ भाद्र २०८२ १४:१७ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App