८ चैत्र २०८२ आइतबार
image/svg+xml
समाज

उदयपुरमा ट्याक्टरको ठक्करबाट एक जनाको मृत्यु

उदयपुरमा ट्याक्टरको ठक्करबाट एकजनाको मृत्यु भएको छ। आज जिल्लाको त्रियुगा नगरपालिका-२ मोथिहाईस्थित भित्री कच्ची सडकमा मधेस प्रदेश ०१-००१ त २५६४ नम्बरको ट्याक्टरले ठक्कर दिंदा पैदलयात्री स्थानीय ७९ वर्षीया तेत्रीदेवी चौधरीको मृत्यु भएको हो।

जिल्ला प्रहरी कार्यालय उदयपुरका अनुसार ठक्करबाट गम्भीर घाइते चौधरीलाई उपचारका लागि जिल्ला अस्पताल गाईघाट लगिएको थियो। उपचारका क्रममा चिकित्कसले चौधरीलाई मृत घोषणा गरेका हुन्।

ट्याक्टर चालक स्थानीय २४ बर्से धर्मेन्द्र राजधामी घटनापछि फरार छन्। प्रहरीले उनलाई खोज्दै छ। ट्याक्टरधनी ४० वर्षीया रामनिवास राजधामीलाई प्रहरीले नियन्त्रणमा लिएर घटनाको अनुसन्धान गरिरहेको छ। 

प्रकाशित: २७ आश्विन २०८२ १३:२२ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App