स्याफ्रु-रसुवागढी खण्डमा करेन्ट लागेर शनिबार एक जना एक्स्काभेटर चालकको मृत्यु भएको छ।
जिल्ला प्रहरी कार्यालयका प्रहरी प्रवक्ता राजु शाहले रसुवाको कालिका गाउँपालिका-३ का ५० वर्षीय शिव पौडेलको करेन्ट लागेर मृत्यु भएको जानकारी दिए।
टिमुरे–तातोपानी खण्डको बालुवा खानी नजिक राजमार्ग सतहमा हिलोका कारण चक्का दबिएको मालवाहक ट्रकलाई निकाल्न सहयोग गर्ने क्रममा एक्स्काभेटर बकेटले प्रवाह भइराखेको विद्युत् प्रसारण लाइनमा बकेटले छुँदा करेन्ट लागेर चालकको मृत्यु भएको प्रहरी प्रवक्ता शाहले बताए।
मृतकको शव परीक्षणका लागि जिल्ला अस्पताल पुर्याइएको प्रहरीले जनाएको छ। उक्त एक्स्काभेटर लामो समयदेखि टिमुरे क्षेत्रमा काम गरिरहेको स्थानीयले बताएका छन्।
घटनाका बारेमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
प्रकाशित: २५ आश्विन २०८२ २०:१३ शनिबार





