अरिङ्गालले डसेर खोटाङमा एक जनाको मृत्यु भएको छ ।
अरिङ्गालले डसेर घाइते भएका हलेसी तुवाचुङ नगरपालिका–१० अर्खौले, नवलपुरका ३७ बर्से रमेश राईको उपचारका क्रममा मृत्यु भएको हो।
असोज १७ स्थानीय साँघुरी सामुदायिक वनमा अरिङ्गाल काढ्ने क्रममा अरिङ्गालले शरीरका विभिन्न ठाउँमा डसेर उनलाई घाइते बनाएको थियो।
प्रहरीले यो घटनाको खबर आइतबार मात्र पाएको थियो। खबर पाउनेबित्तिकै अर्खौले प्रहरी टोलीको सहयोगमा घाइतेलाई उपचारका लागि जिल्ला अस्पताल दिक्तेल पुर्याइएको थियो। उपचारको क्रममा डाक्टरले ४ बजेतिर मृत घोषणा गरेको प्रहरीले जनाएको छ।
प्रकाशित: १९ आश्विन २०८२ २१:२५ आइतबार





