१३ चैत्र २०८२ शुक्रबार
image/svg+xml
समाज

मोटरसाइकल स्कुटरमा ठाेकिँदा एकको मृत्यु, दुई घाइते

काठमाडौँको चन्द्रागिरिमा एउटा मोटरसाइकल अनियन्त्रित भएर स्कुटरमा ठोक्किँदा आज एकजनाको मृत्यु भएको छ।

नन्दागिरि नगरपालिका–१५ तीनथानास्थित सडकमा आज बिहान बा ८५ प ४८२२ नंको मोटरसाइकल बा प्र ०२-०४२ प ९८२२ नंको स्कुटरमा ठोक्किएर दुर्घटना हुँदा मोटरसाइकल चालकको मृत्यु भएको हो।

मृत्यु हुनेमा सोही नगरपालिका-४ थानकोटका ३४ वर्षीय रोशन ढकाल रहेका जिल्ला प्रहरी परिसर काठमाडौँका प्रवक्ता प्रहरी उपरीक्षक अपिलराज बोहराले बताए। दुर्घटनामा गम्भीर घाइते भएका उनको सहिद मेमोरियल अस्पताल कलङ्कीमा उपचारका क्रममा मृत्यु भएको हो।

उक्त दुर्घटनामा घाइते भएका स्कुटरमा सवार दुई जनाको सोही अस्पतालमा उपचार भइरहेको छ।

-रासस

प्रकाशित: २७ असार २०८२ १२:४२ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App