१३ चैत्र २०८२ शुक्रबार
image/svg+xml
समाज

ट्रकमा स्कुटर ठोक्किँदा एकको मृत्यु, एक घाइते

तनहुँको पृथ्वी राजमार्गमा रोकिराखेको मिनिट्रकमा स्कुटर ठोक्किँदा एक जनाको मृत्यु भएको छ भने एक महिला गम्भीर घाइते भएकी छिन्।

जिल्ला प्रहरी कार्यालय तनहुँका अनुसार, सोमबार बिहान करिब ११:५५ बजे व्यास नगरपालिका–१, अम्रेनीस्थित राजमार्गमा रोकिराखेको बा १ क ८७१४ नम्बरको मिनिट्रकमा डुम्रेबाट दमौलीतर्फ आउँदै गरेको ग २२ प ३९८९ नम्बरको स्कुटर पछाडिबाट ठोक्किएको थियो।

दुर्घटनामा स्कुटर चालक व्यास नगरपालिका–१२, छिर्कनका अन्दाजी २५ वर्षीय सागर न्यौपाने र स्कुटरको पछाडि सवार सोही ठाउँकी अन्दाजी ६० वर्षीया कृष्णमाया पन्त गम्भीर घाइते भएका थिए।

घाइते दुवैलाई तत्काल उपचारका लागि रत्नहरी अस्पताल लगिएकोमा उपचारका क्रममा सागर न्यौपानेको दिउँसो १२:३५ बजे मृत्यु भएको प्रहरीले जनाएको छ।

गम्भीर घाइते पन्तलाई सोही अस्पतालमा प्रारम्भिक उपचार गरी थप उपचारका लागि पोखरास्थित गण्डकी अस्पतालमा रिफर गरिएको छ।

प्रहरीले दुवै सवारी साधनलाई नियन्त्रणमा लिएर दुर्घटनाको सम्बन्धमा थप अनुसन्धान गरिरहेको जनाएको छ।

प्रकाशित: ३० असार २०८२ १५:०८ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App