चितवनमा बोलेरो दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ। कालिका नगरपालिका-११ स्थित सिद्धि कल्याण चौरको भित्री सडकमा गएराती साढे १० बजे बा१८च८९७३ नम्बरको बोलेरो आफैँ अनियन्त्रित भई सडकदेखि करिब १५० मिटर तल खस्दा चालकको मृत्यु भएको हो।
मृत्यु हुनेमा खैरहनी नगरपालिका-४ का अन्दाजी ६३ वर्षीय राममणि न्यौपाने रहेको चितवन प्रहरीले जानकारी दिएको छ।
दुर्घटनामा परी गम्भीर घाइते भएका न्यौपानेको उपचारका क्रममा राति १२ बजे नै भरतपुर अस्पतालमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय चितवनका सूचना अधिकारी रविन्द्र खनालले जानकारी दिए।
उनका अनुसार घटनाको थप अनुसन्धान भइरहेको छ।
प्रकाशित: ७ मंसिर २०८२ ०६:२१ आइतबार





