२३ श्रावण २०८३ शनिबार
image/svg+xml
समाज

शिकार खेल्ने क्रममा भरुवा बन्दुकबाट चलेको गोली लाग्दा एकको मृत्यु, ६ जना पक्राउ

सल्यानमा शिकार खेल्ने क्रममा भरुवा बन्दुकबाट चलेको गोली लागेर एक जनाको मृत्यु भएको छ। सँगै शिकार खेल्न गएका ६ जनालाई पक्राउ गरिएको छ।

सल्यानको कालिमाटी गाउँपालिका–३ स्थित धरानी सामुदायिक वनमा साउन २२ गते कालिमाटी गाउँपालिका–२ बराहडुंगा बस्ने अन्दाजी ६२ वर्षीय टोपबहादुर पुन मगर साथीहरूसँग शिकार खेल्न गएका थिए। शिकार खेल्ने क्रममा उनीहरूले बोकेको भरुवा बन्दुकबाट गोली चल्दा पुन मगरको पेटको तल्लो भाग तथा कम्मरमा गोली लागेको थियो। गोली लागेर उनको घटनास्थलमै मृत्यु भएको हो।

घटनाबारे जानकारी प्राप्त भएपछि इलाका प्रहरी कार्यालय कालिमाटी, सल्यानबाट खटिएको प्रहरी टोली घटनास्थलमा पुगेको थियो।

पक्राउ पर्नेमा कालिमाटी गाउँपालिका–३ बल्लेका ५६ वर्षीय मानबहादुर विक, सोही स्थानका ४३ वर्षीय जुद्रबहादुर रेउले, ३२ वर्षीय खुमेन्द्रबहादुर रेउले, ३५ वर्षीय सेईतराम थापा, ५९ वर्षीय कुलबहादुर बुढाथोकी तथा कालिमाटी–२ बराहडुंगाका ७२ वर्षीय पदमबहादुर श्रीस मगर रहेका छन्। घटनाबारे थप अनुसन्धान भइरहेको छ।

प्रकाशित: २३ श्रावण २०८३ ०८:२६ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App