बारामाम पटका पट्काउँदा एक जना घाइते भएका छन् ।
जितपुर सिमरा उपमहानगरपालिका-६ घुसुकपुर टेंढाका १६ वर्षीय अफ्ताब मियाँ देवान घाइते भएका हुन् ।
आफ्नै घरको आँगनमा गए राति साढे १० बजेतिर पटका पड्काउने क्रममा उनी जल्न पुग्दा घाइते भएको बारा प्रहरीले जनाएको छ ।
पटका पड्केर आगलागी हुँदा उनको दुवैतर्फको तिघ्रा लगायतका भाग जलेको प्रहरीले जनाएको छ ।
घाइते देवानलाई उपचारका लागि वीरगञ्जस्थित नारायणी अस्पताल पुर्याइएको प्रहरीले जनाएको छ ।
प्रकाशित: २३ कार्तिक २०८३ ०८:२६ सोमबार





