प्रविधिको विकाससँंगै महिला तथा बालबालिकाहरुमा हुने हिंसाको शिकार वढ्दो रहेको पाइएको छ । सबै महिला र बालिकाहरुविरुद्ध डिजिटल हिंसा अन्त्य गर्न एकजुट हुनुहोस् भन्ने सन्देसका साथ मंगलबार भक्तपुरमा भएको एक कार्यक्रममा जानकारी गराए अनुसार महिला र बालिकाहरुविरुद्ध हुने हिसाको सबैभन्दा जटिल र बढ्दो रुप प्रविधि बनेको छ ।
प्रविधिको सही प्रयोग गरौ लैगिंक हिंसाको अन्त्य गरौ भनेर हामी भनिरहेका छौं तर प्रविधिको गलत प्रयोगले धेरै महिलाहरु अप्ठेरोमा छन्, कार्यक्रममा वरिष्ठ अधिवक्ता प्राडा शशी अधिकारीले तथ्यांक प्रस्तुत गर्दै भनिन्, विश्वकै तथ्याङ्क हेर्दा ५८ प्रतिशत भन्दा बढी महिलाहरु अनलाइन हिंसाको सिकार भएका छन् ।
९० देखि ९५ प्रतिशत सफेद झुट महिलाका यौन तस्बिरहरु÷ भिडियोहरुको प्रचार गर्ने गरेको तथ्यांक उनले पेश गरिन् । चारमध्ये एक महिला पत्रकारलाई ज्यान मार्ने धम्की अनलाइन मार्फत दिने गरेको तथ्यांक उनले दिइन् । तीनमध्ये एक महिला सांसदलाई अनलाइन मार्फत ज्यान मार्ने धम्की दिएको पाइएको पनि उनले जनाइन् ।
झण्डै ४५ प्रतिशत महिला र बालिकाहरुमाथि चरित्र हत्या गर्नका लागि झुठ्ठा समाचारहरु सामाजिक संजालहरुमा राख्ने गरेको पाइएको पनि उनले जनाइन् ।
नेपाल साइबर ब्युरोका अनुसार (नेपाल प्रहरीको तथ्याङ्क) अनुसार यही कारण जवरजस्ती करणी र बालयौन दुव्र्यवहार पनि वढ्दो छ । यस वर्ष जवरजस्ती करणी दर्ता भएकाको संख्या दुई हजार २५३ वटा छन्, उनले तथ्यांक प्रस्तुतीकरण गर्दै भनिन्, बालयौन दुव्र्यवहार मात्रै ३५५ वटा छन् ।
निजी क्षेत्र, पत्रकार तथा नागरिक समाजसंगको कार्यशाला गोष्ठीमा लैंगिक र समावेशी न्यायका विषयमा प्रस्तुतीकरण गर्दै डा अनिता श्रेष्ठले कागजमा नारी र पुरुष समान अधिकार भए पनि व्यवहारमा त्यसो हुन नसकेको बताइन् । महिलाहरु पुरुषहरु भन्दा अनेक हिसावले पीडित भएको उनले सुनाइन् । हालै सुदुरपश्चिमको एउटा घटना विवरण सुनाउँंदै उनले भनिन्, अझै पनि महिलाहरु महिनाबारी हुने बेला छाउपडीमै गएर बस्नुपर्ने अवस्था छ ।
यसका लागि सामाजिक चेतना वढाउनुपर्ने खाँचो उनले औंल्याइन् । साथसाथै महिला शशक्तीकरणको पनि उतिकै खाँंचो रहेको उनले औंल्याइन् । साथसाथै पुरुषलाई पनि उतिकै जागरुक बनाउनुपर्ने आवश्यकता उनले औंल्याइन् ।
प्रकाशित: १ पुस २०८२ १७:३९ मंगलबार





