मेचीनगर नगरपालिका–१५ हेल्दुवारीस्थित भित्री सडक खण्डमा सवारी दुर्घटनामा परी एक जनाको मृत्यु भएको छ।
मृत्यु हुनेमा सोही वडाका ३८ वर्षीय विनोद राउत रहेको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता खगेन्द्रबहादुर खड्काले जानकारी दिए। शनिबार साँझ भद्रपुरबाट इँटाभट्टातर्फ गइरहेको प्र१–०१–०१३प ३३३६ नम्बरको मोटरसाइकलले सडकको साइडमा रोकेर राखेको प्र१–०१–००१त ९९७७ नम्बरको ट्र्याक्टरलाई ठक्कर दिई दुर्घटना हुँदा मोटरसाइकल चालक राउत र पछाडि बसेका २१ वर्षीय निश्चल भुजेल घाइते भएका थिए।
टाउको र शरीरको विभिन्न भागमा चोट लागी गम्भीर घाइते भएका दुवै जनालाई उपचारका लागि विर्तामोडस्थित बीएन्डसी अस्पताल लगिएको थियो।
उपचारकै क्रममा राउतको मृत्यु भएको उनले बताए। ट्र्याक्टर र ट्र्याक्टर चालकलाई प्रहरीले नियन्त्रणमा लिई थप अनुसन्धान गरिरहेको जनाएको छ।
प्रकाशित: ७ मंसिर २०८२ ०६:४२ आइतबार





