१३ चैत्र २०८२ शुक्रबार
image/svg+xml
समाज

जिप दुर्घटनामा एकजनाको मृत्यु

मार्मा गाउँपालिका–३ दानीखेतमा जिप दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ। आज बिहान लटिनाथबाट सार्सीतर्फ जाँदै गरेको सु प प्र ०१ ००१ ज १६६२ नम्बरको जिप दानीखेतमा दुर्घटना भएको हो।

उक्त दुर्घटनामा परी जिपका मालिक ३४ वर्षीय करबिरसिंह ठगुन्नाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक विक्रम शाहीले बताए।

जिप कसले चलाएको र कसरी दुर्घटना भयो भन्नेबारे थाहा हुन नसकेको प्रहरीले जनाएको छ। जिप चालकको खोजी गर्न इलाका प्रहरी कार्यालय लटिनाथबाट प्रहरी टोली घट्नास्थलतर्फ गएको छ। 

प्रकाशित: ७ कार्तिक २०८२ १०:४० शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App