अवैध रूपमा लैजान लागेको ४८ थान नेपाली राहदानीसहित एक जनालाई प्रहरीले पक्राउ गरेको छ।
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल सुरक्षा कार्यालय, गौचरबाट खटिएको प्रहरी टोलीले काठमाडौं नागार्जुन नगरपालिका १ का ४५ वर्षका तारा चन्द चौधरीलाई पक्राउ गरेको हो।
उनलाई भुटान एयरलाइन्सको उडानबाट दिल्ली जान लागेको बेला विमानस्थलमा चेकिङको क्रममा पक्राउ गरिएको प्रहरीले जनाएको छ।
चौधरीलाई थप अनुसन्धान एवं आवश्यक कारबाहीको लागि काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय, टेकु पठाइएको छ।
प्रकाशित: १४ फाल्गुन २०८२ १७:३१ बिहीबार





