१७ फाल्गुन २०८२ आइतबार
image/svg+xml
समाज

सामाजिक सञ्जालमा घृणा फैलाएको आरोपमा एक पक्राउ

सामाजिक सञ्जालको दुरुपयोग गरी व्यक्ति तथा संस्थाको चरित्र हत्या गरेको र घृणा फैलाएको आरोपमा नेपाल प्रहरीको साइबर ब्युरोले एक जनालाई पक्राउ गरेको छ।

ब्युरोले मकवानपुरको मनहरी गाउँपालिका-३ का ३९ वर्षीय मंगल सिं प्रजालाई काठमाडौंको शंखमूलबाट पक्राउ गरेको हो।

साइबर ब्युरोका प्रवक्ता, प्रहरी उपरीक्षक दिपक राज अवस्थीका अनुसार, प्रजाले फेसबुक आईडी प्रयोग गरी विभिन्न व्यक्ति तथा संस्थालाई लक्षित गर्दै अमर्यादित अभिव्यक्तिसहितको सामग्री पोष्ट गरेका थिए।

उक्त सामग्रीले समाजमा सार्वजनिक नैतिकता र शिष्टाचारमा असर पार्ने, घृणा तथा द्वेष फैलाउने र चरित्र हत्या गर्ने किसिमको रहेको प्रहरीले जनाएको छ।

ब्युरोले प्रारम्भिक प्राविधिक अनुसन्धान र विश्लेषणपछि प्रजालाई मंगलबार पक्राउ गरेको हो। उनलाई विद्युतीय (इलेक्ट्रोनिक) कारोबार ऐन, २०६३ अन्तर्गतको कसुरमा कारबाही अघि बढाइएको छ।

पक्राउ परेका प्रजालाई काठमाडौं जिल्ला अदालतमा पेश गरिएकोमा अदालतले थप अनुसन्धानका लागि २ दिनको म्याद थप गरेको ब्युरोले जनाएको छ।

प्रकाशित: ३ भाद्र २०८२ २१:२५ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App