४ चैत्र २०८२ बुधबार
image/svg+xml
समाज

हंगेरी पठाइदिने भन्दै तीन लाख ठगी, एक पक्राउ

वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभन देखाई हंगेरी पठाइदिने भन्दै रकम ठगी गरेको अभियोगमा एक जना पक्राउ परेका छन्।

पक्राउ पर्नेमा गोकर्णेश्वर नगरपालिका–८ बस्दै आएका दोलखा कालिन्चोक गाउँपालिका–४ का ५६ वर्षीय महेश तामाङ रहेका छन्। उनले एक जना पीडितबाट तीन लाख रुपैयाँ ठगी गरेको उजुरी परेको थियो।

उक्त उजुरीका आधारमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय को टोलीले उनलाई काठमाडौँ महानगरपालिका–१२ बाट शुक्रबार पक्राउ गरेको हो।

पक्राउ परेका तामाङलाई थप अनुसन्धान तथा कारबाहीका लागि वैदेशिक रोजगार विभाग समक्ष पेस गरिएको प्रहरीले जनाएको छ। रासस

प्रकाशित: २ फाल्गुन २०८२ १२:२२ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App